भुटानी शरणार्थी शिवरमा नगर स्तरीय फुटबल प्रतियोगिता हुने - Crazysaptahik.com

भुटानी शरणार्थी शिवरमा नगर स्तरीय फुटबल प्रतियोगिता हुने

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे–१० मा अवस्थित भुटानी शरणार्थी शिविरमा नगर स्तरीय फुटलब प्रतियोगिता हुनेभएको छ ।

भुटानी शरणार्थी शिविरमा अवस्थित खेलकुद समिति सी.वाई.सी.ले पत्रकार सम्मेलनको आयोजना गरी आगामी चैत्र ७ गतेदेखि फुटबल मैत्रीपूर्ण खेलकुद गर्ने जानकारी गराएको हो । प्रतियोगितामा नगरपालिकाको १० वडाबाट १० वटा टिम, भुटानी शरणार्थी शिविर शनिश्चरे र झापाको बेलडागी शिविरबाट दुई–दुई गरी जम्मा १४ टिम सहभागी हुने आयोजकका कुमार कृष्ण राईले जानकारी दिए ।

पत्रकार सम्मेलनमा पथरी शनिश्चर–१० का कार्यवाहक वडाअध्यक्ष मैना आचार्य, शिविर सचिव चम्पासिंह राई, पुरुषोतम ढुंगेल, स्थानीय पशुपति ससस सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष ईश्वर चौहान लगायतको उपस्थिति रहेको थियो ।

स्थानीय र शरणार्थीवीच मैत्री पूर्ण सम्बनध होस भन्ने उदेश्यले आयोजना गर्न लागेको खेल विजेता टिमलाई ७५ हजार र दोस्रो हुने टिमलाई ५० हजार नगद, ट्रफी र प्रमाण–पत्र प्रदान गरिने रबिन राईले प्रेस मिटमा जानकारी दिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.