
रिचार्लिसनको एकमात्र गोल मद्दतमा एभरटनले प्रिमियर लिगमा साउथह्याम्पटनलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा एभरटनले घरेलु मैदानमा साउथह्याम्पटनलाई १–० ले पराजित गरेको हो ।
घरेलु एभरटनका लागि रिचार्लिसनले नवौं मिनेटमा निर्णायक गोल गरे । २६औं मिनेटमा माइकल किनले गोल पनि भीएआरको सहायताबाट रेफ्रीले त्यसलाई अफसाइड दिएका थिए ।
जितपछि एभरटनले २५ खेलमा लिभरपुल समान ४३ अंक जोडेको छ । तर गोल अन्तरमा एभरटन पछि छ र सातौं स्थानमै यथावत छ । लिभरपुलले २६ खेल खेलेको छ । साउथह्याम्पटन २६ खेलमा ३० अंकसहित १४ औं स्थानमा रहेको छ ।

