१००औं खेलमा भिनिसियसको गोल, रियल हारबाट जोगियो - Crazysaptahik.com

१००औं खेलमा भिनिसियसको गोल, रियल हारबाट जोगियो

भिनिसियल जुनियरले रियल मड्रिडका लागि १००‍औं खेल खेल्दै गोल गर्दा रियल भने स्पानिस ला लिगामा रियल सोसिडाडसँग बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा रियलले घरेलु मैदानमै सोसिडाडसँग १–१ को बराबरी खेलेको हो ।

खेलको अन्त्यतिर भिनसियसले गोल गर्दा रियल हारबाट जोगिएको हो । उनले लुकास भजक्वेजको पासमा ८९औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसअघि खेलको ५५औं मिनेटमा क्रिस्टियन पोर्टुले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए ।

तर अन्तिम समयमा सोसिडाडले अग्रतालाई कायम राख्न नसक्दा ३ अंक जोड्न सकेन । रियलका लागि एक सयौँ खेल पूरा गरेको भिनसियसले १२औं गोल गरेका हुन् । भिनिसियले रियलका लागि एक सय खेल पूरा गर्नु आफ्नो लागि विशेष भएको बताए ।

बराबरीपछि रियलले बार्सिलोनालाई पछि पार्दै दोस्रो स्थानमा उक्लने र एट्लेटिको मड्रिडसँग अंकदी कम गर्ने अवसर गुमायो । यस बराबरीसँगै रियलले २५ खेलमा ५३ अंक जोडेको छ । बार्सिलोना समान ५३ अंक जोडे पनि रियल गोलअन्तरमा पछि छ र तेस्रो स्थानमै यथावत छ ।

बार्सिलोना र यलले समान २५ खेल खेलेका छन् । एक खेल कम खेलेको एट्लेटिको ५८ अंकसहित शीर्ष स्थानमा छ । २५ खेलबाट ४२ अंक जोडेको सोसिडाड पाँचौं स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.