पथरी शनिश्चरेमा फागुन २३ गतेदेखि तेस्रो चरणको कोरोना खोप - Crazysaptahik.com

पथरी शनिश्चरेमा फागुन २३ गतेदेखि तेस्रो चरणको कोरोना खोप

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगरका २१ वटा खोपकेन्द्रबाट फागुन २३ देखि तेस्रो चरणको ५५ वर्ष माथिको उमेर समूहका नगरवासीलाई कोरोना भाइरस वि?द्ध निःशुल्क खोप लगाइने भएको छ ।

नगर खोप समन्वय समितिले नगर प्रमुख एवम् समिति संयोजक दिलिपकुमार राई (किशोर)को अध्यक्षतामा आज (मंगलबार) बैठक सम्पन्न गरी फागुन २३ देखि चैत ३ गतेसम्म खोप केन्द्रह? मार्फत् खोप सञ्चालनको निर्णय भएको हो ।

नगर प्रमुख राईले कोरोनाबाट बच्नका लागि सरकारले खोप अभियान सञ्चालन गरेकाले ढुक्क भएर खोप लगाउन नगरवासीलाई आव्हान गर्नुभयो । उहाँले ५५ वर्षमाथिको उमेर समूह नै कोरोनाबाट बढी संक्रमित देखिएकाले उहाँह?को सुरक्षाका लागि खोप अभियान अघि बढेको जनाउनुभयो ।

ज्येष्ठ नागरिक एकता समन्वय केन्द्रका नगर अध्यक्ष नेत्रप्रसाद दहालले ज्येष्ठह?को सुरक्षाका लागि खोप लगाउन सवै जुट्नु पर्ने बताउनु भयो ।

शिक्षक, यातायात सञ्चालक, ज्येष्ठ नागरिक र पत्रकार महासंघका प्रतिनिधि सहभागी बैठकमा अव सञ्चालन हुने तेस्रो चरणको खोपमा ५५ वर्ष माथिका नागरिकका साथै शिक्षक, विद्यालय कर्मचारी, यातायात सञ्चालकह?लाई सहभागी गराइने जानकारी गराइएको छ ।

गोष्ठीमा कोरोना भाइरस र यसको खोपका बारेमा सहजीकरण गर्दै स्वास्थ्य शाखाका जगत मगरले गर्भवती र स्तनपान गराइरहेका महिला, कोरोना संक्रमण भएको ८ हप्तासम्मका व्यक्ति तथा खोप वा सुई लगाउँदा एलर्जी हुने व्यक्तिह? बाहेक दीर्घ रोगीले समेत खोप लगाउन हुने प्रष्ट्याउनु भयो । ५५ वर्षमाथिका नागरिक तथा १८ वर्षमाथिका शिक्षक, विद्यालय कर्मचारी, यातायात सञ्चालक गरी यो चरणमा नगरमा करीव ८ हजार ५ सय ८८ जनालाई खोप लगाउने लक्ष्य बनाइएको स्वास्थ्य शाखाका एकराज खत्रीले उल्लेख गर्नुभयो । साथै उहाँले खोप लगाउन आउँदा आफ्नो उमेर प्रष्टिने कागजात लिएर आउन आवश्यक रहेको समेत जानकारी गराउनुभयो ।

खोपलाई प्रभावकारी बनाउन प्रचार प्रसारका साथै यसको योजनामा जुट्न यसखाले बैठक वडा खोप समन्वय समिति र महिला स्वास्थ्य स्वयमसेविकाह?सँग समेत तत्काल सञ्चालन हुनेछ । हसन्दह स्वास्थ्य चौकी अन्तर्गत वडा नम्बर ५ को जनता आधारभूत विद्यालय सुन्दरीचोकमा २३ गते, सहीद रामलक्ष्मण आधारभूतमा २४ गते, सुगाहाट माविमा २५ गते, अमरसिंह माविमा २६ गते र ६ नम्बरको शहरी स्वास्थ्य केन्द्रमा २७ गते खोप लगाउने कार्यक्रम छ । त्यसैगरी, ६ नम्बरकै रामजानकी आधारभूतमा २८ गते, दुर्गा आधारभूतमा २९ गते, शिक्षा सदनमा चैत १ गते र ५ को हसन्दह स्वास्थ्य चौकीमा २ र ३ गते खोप लगाउने तालिका बनेको छ ।

शनिश्चरे स्वास्थ्य चौकी अन्तर्गत ८ नम्बरको सोमबारे खोप केन्द्रमा फागुन २३ गते, ९ नम्बरको पुरानो स्वास्थ्य चौकी भवनमा २४ गते, १० को मंगलबारे डाँडामा २५ गते, ४ को बालकल्याण माविमा २६ गते, ८ को शुक्रबारे खोप केन्द्रमा २७ गते, ४ को सरस्वती आधारभूतमा २८ गते र शनिश्चरे स्वास्थ्य चौकी भवनमा २९ तथा चैत १ र २ गते खोप लगाइनेछ ।

पथरी नगर अस्पताल अन्तर्गत ३ नम्बरको किरात चोकमा फागुन २३ गते, वीरेन्द्रनगरको ज्येष्ठ नागरिक भवनमा २४ गते, २ को बोक्रे चोकमा २५ गते, १ को सहरी स्वास्थ्य केन्द्रमा २६ गते र २ को नगर अस्पतालमा २७ देखि चैत ३ गतेसम्म खोप सञ्चालन हुनेभएको छ । सोही समयमा मासिक नियमित खोप सेवा समेत सञ्चालन हुनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.