बी डिभिजन लिगमा बाँसबारी र मध्यपुर विजयी - Crazysaptahik.com

बी डिभिजन लिगमा बाँसबारी र मध्यपुर विजयी

शहीद स्मारक बी डिभिजन लिगमा बाँसबारी युथ क्लब र मध्यपुर युथ एसोसिएसन विजयी भएका छन् । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स भएको खेलमा बाँसबारीले पुल्चोक स्पोर्ट्स क्लबलाई २–० ले हरायो ।

बाँसबारीका लागि निशान सुनारले दुवै गोल गरे । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि बाँसबारीले दोस्रो हाफमा दुई गोल गरेको हो । निशानले ४८औं र ६९औं मिनेटमा गोल गरे । जितपछि ८ खेलबाट १८ अंक जोडेको बाँसबारी अंकतालिकामा तेस्रो स्थानमा छ ।

पुल्चोकको यो छैटौं हार हो । जितविहीन पुल्चोक ८ खेलबाट भने २ अंकसहित अंकतालिकाको पुछारमा छ । यस्तै यस्तै एन्फा कम्प्लेक्समै भएको पहिलो खेलमा मध्यपुरले श्री कुमारी क्लबलाई २–१ ले पराजित गरेको हो ।

मध्यपुरले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै जित हात पारेको हो । मध्यपुरका लागि कैलाश लामिछाने र धिरज श्रेष्ठले एक÷एक गोल गरे । श्री कुमारीका आशिष राईले एक गोल गरे ।

खेलको ४०औं मिनेटमा आशिष राईले गोल गर्दे श्री कुमारीलाई पहिले अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा कैलाशले मध्यपुरका लागि बराबरी गोल फर्काए । ४८औं मिनेटमा धिरज श्रेष्ठले विजयी गोल गरे । लिगमा दोस्रो जित हात पारेको मध्यपुर ८ खेलबाट ७ अंक जोड्दै नवौं स्थानमा उक्लेको छ ।

समान खेलबाट ७ अंक नै रहेको श्री कुमारी आठौं स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.