चौथो टी–२० मा अस्ट्रेलिया विजयी, अन्तिम खेल निर्णायक हुने - Crazysaptahik.com

चौथो टी–२० मा अस्ट्रेलिया विजयी, अन्तिम खेल निर्णायक हुने

अस्ट्रेलियाले न्युजिल्याण्डविरुद्धको चौथो टी–२० क्रिकेटमा अस्ट्रेलियाले ५० रनको जित हात पारेको छ । यस जितपछि अस्ट्रेलियाले पाँच खेलको सिरिजमा २–२ को बराबरी गरेको छ । अब सिरिजको पाँचौ खेल निर्णायक हुने भएको छ ।

विलिङटनमा शुक्रबार भएको खेलमा अस्ट्रेलियाले दिएको १५७ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले १८.५ ओभरमा अलआउट हुँदै १०६ रन मात्र बनाउन सक्यो । न्युजिल्याण्डका लागि केली जेमिसनले सर्वाधिक ३० रन बनाए भने टिम सेइफार्टले १९ र डेभोन कोनवेले १७ रन बनाए ।

न्युजिल्याण्डलाई अलआउट गर्न अस्ट्रेलियाका केन रिचार्डसनले ३ विकेट लिए । यस्तै अस्टन अगर, एडम जाम्पा र ग्लेन म्याक्सवेलले २÷२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले अविजित रहदै ७९ रन बनाए । यस्तै मार्कुस स्टोनिसले १९, ग्लेन म्याक्स्वेलले १७,म्याथ्यु वेडले १४ र जोस फिलिपले १३ रन जोडे । न्युजिल्याण्डका इश सोधीले ३ तथा ट्रेण्ड बोल्टले २ विकेट लिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.