एन्फाले थ्री नेसन्स कप फुटबल प्रतियोगिता आयोजना गर्ने - Crazysaptahik.com

एन्फाले थ्री नेसन्स कप फुटबल प्रतियोगिता आयोजना गर्ने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री नेसन्स कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । एन्फाले आगामी चैतमा त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल आयोजना गर्ने शुक्रबार जनाएको हो । प्रतियोगिता चैत ९ देखि १७ (मार्च २२ देखि ३०) सम्म दशरथ रंगशालमा हुनेछ ।

प्रतियोगितामा नेपाल, बंगलादेश र कीर्गिस्तानले खेल्ने एन्फाले जनाएको छ । किर्गिस्तानको टिम भने यू२३ टिम हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा कुल ४ खेल हुनेछ ।

प्रतियोगितालाई फिफाले मान्यता दिने एन्फाले जनाएको छ । विश्वकप छनोट अन्तर्गत खेल स्थगित भएपछि एन्फाले त्यो समयमा थ्री नेसन्स कप गर्ने निर्णय गरेको हो । मार्च ३० मा दशरथ रंगशालमा नेपालले अस्ट्रेलियासँग खेल्ने खेल स्थगित भएको छ ।

त्यसअघि मार्च २५ मा चाइनिज ताइपेईसँग खेल्ने भनिएको खेल पनि स्थगित भएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.