पुनरागमन जितसहित लेस्टर दोस्रो स्थानमा - Crazysaptahik.com

पुनरागमन जितसहित लेस्टर दोस्रो स्थानमा

ब्राइटनविरुद्ध पुनरागमन जितसहित लेस्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ । शनिबार राति भएको खेलमा लेस्टरले ब्राइटनकै मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै २–१ को जित हात पारेको हो ।

एडम लालानाले १०औं मिनेटमा गोल गर्दै घरेलु टोली ब्रायटनलाई पहिले अग्रता दिलाएका थिए । तर ६२औं मिनेटमा केलेलची इहनाचोले लेस्टरका लागि बराबरी गोल फर्काए ।खेल सकिन ३ मिनेट बाँकी छँदा डानिएल अमार्टेले गोल गर्दै लेस्टरलाई जित दिलाए ।

जितपछि २८ खेलबाट ५३ अंक जोड्दै लेस्टर दोस्रो स्थानमा उक्लेको हो । ब्राइटन २७ खेलबाट २६ अंकसहित १६औं स्थानमा छ । २७ खेलबाट ५१ अंक रहेक म्यानचेष्टर युनाइटेड तेस्रो स्थानमा झरेको छ ।

२७ खेलबाट ६५ अंकसहित म्यानचेष्टर सिटी शीर्ष स्थानमा छ । दुई म्यानचेष्टर आइतबार राति भिड्दैछन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.