काठमाडौं मेयर्स कप : सन्दीपको विष्फोटक ब्याटिङ - Crazysaptahik.com

काठमाडौं मेयर्स कप : सन्दीपको विष्फोटक ब्याटिङ

२७ महिनापछि घरेलु क्रिकेट प्रतियोगिता खेलिरहेका सन्दीप लामिछानेले विष्फोटक ब्याटिङ गरेका छन् । काठमाडौं मेयर्स कप अन्तर्गत मुलपानीमा भइरहेको खेलमा काठमाडौं मेयर्स ११ टिमको कप्तानी गरिरहेका सन्दीपले बागमती प्रदेशविरुद्ध आक्रमक ब्याटिङ गरेका हुन् ।

उनले २० बल खेल्दै ६ छक्काको मद्दतमा ४१ रन बनाए । नवौं नम्बरमा ब्याटिङ गरेका सन्दीपले आठौं विकेटका लागि सौरभ खनालसँग ५७ रनको साझेदारी गरे । काठमाडौं मेयर्स ११ ले ११९ रनमा ७ विकेट गुमाएको अवस्थामा सन्दीपले सौरभसँग महत्वपूर्ण साझेदारी गरेका हुन् ।

त्यसअघि काठमाडौंले ४३ रनमा सुरुवाती ५ विकेट गुमाएको थियो । छैटौं विकेटका लागि सन्दीप रजाली र सिद्धान्त लोहनीले ७१ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.