
प्रिमियर लिगमा लण्डन क्लब चेल्सीले एभरटनलाई २–० ले पराजित गरेको छ । आत्मघाती गोल र पेनाल्टी गोलको मद्दतमा चेल्सीले एभरटनलाई पराजित गरेको हो ।
घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि जर्जिन्होले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेका थिए । त्यसअघि एभरटनका बेन गोडफ्रेले ३१औं मिनेटमा आत्मघाती गोल गर्दा चेल्सीले अग्रता लिएको थियो ।
६५औं मिनेटमा जर्जिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । एभरटनका गोलकिपर जोर्डन पिकफोर्डले पेनाल्टी क्षेत्रमा काऐ हाभार्टलाई फाउल गरेपछि चेल्सीले पेनाल्टी पाएको थियो ।
जसमा जर्जिन्होले गोल गरे । जितपछि चेल्सी २८ खेलबाट ५० अंक जोड्दै अंकतालिकामा चौथो स्थानमा उक्लेको छ । २७ खेलबाट ४६ अंक रहेको एभरटन छैटौं स्थानमा छ ।
यस्तै अर्को खेलमा वेष्टहमले लिड्स युनाइटेडलाई २–० ले पराजित गरेको छ । वेष्टहमका लागि जेस लिनगार्डले २१औं र क्रेग डवसनले २८औं मिनेटमा गोल गरे । जितपछि २७ खेलबाट ४८ अंक जोड्दै वेष्टहम पाँचौ स्थानमा उक्लेको छ ।

