इन्टरलाई ६ अंकको अग्रता - Crazysaptahik.com

इन्टरलाई ६ अंकको अग्रता

 


इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टरले एटलान्टालाई १–० ले पराजित गरेको छ । जितपछि इन्टरले दोस्रो स्थानको एसी मिलानमाथि ६ अंकको अग्रता बनाएको छ । मिलन स्क्रिनियरको एक मात्र गोलको मद्दतमा इन्टरले जित हात पारेको हो ।

स्क्रिनियरले ५४औं मिनेटमा निर्णायक गोल गरा थिए । जितपछि इन्टरले २६ खेलबाट ६२ अंक जोडेको छ । समान खेलबाट एसी मिलानको ५६ अंक छ ।

सन् २०१० पछि पहिलो पटक लिग उपाधि जित्ने योजनामा रहेको इन्टरले पछिल्लो सात लिग खेल जितेको छ । उता एटलान्टाको लगातार चार खेलको जित यात्रा रोकिएको छ । २६ खेलबाट ४९ अंकसहित एटलान्टा पाँचौ स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.