मोरङको सुनवर्षीमा कलमा चिप्लिएर भारतीयको मृत्यु - Crazysaptahik.com

मोरङको सुनवर्षीमा कलमा चिप्लिएर भारतीयको मृत्यु

मोरङको सुनवर्षी नगरपालिका–६ स्थित कलमा चिप्लिएर लडेका एक भारतीय नागरिकको सोमबार दिउँसो मृत्यु भएको छ । पानी खान कलमा पुगेका भारत अररीया घर भएका ४५ वर्षीय कृत्यानन्द मण्डलको चिप्लिएर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

उनका अनुसार बाटै छेउमा रहेको कलमा पानी खानलाई भन्दै पुगेका मण्डल चिप्लिएर लडेका थिए । लडेपछि उठ्न नसकेका मण्डलको घटनास्थलमै मृत्यु भएको हो । साइकलमा हिँडिरहेको र साइकल बाटैमा राखेर कलसम्म पुगे पनि पानी खान नपाउँदै चिप्लिएर लडेपछि मण्डलको मृत्यु भएको डीएसपी राईले बताए ।

प्रहरीका अनुसार मोरङका विभिन्न स्थानबाट फलाम, तामा लगायतका धातु एवं कवाडीका सामान संकलन गरेर भारती पुर्याइ उनी बिक्री गर्थे । मण्डलले १५\२० वर्ष अघिदेखि यही काम गरिरहेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.