जाउलाखेललाई हराउँदै आर्मी सेमिफाइनलमा - Crazysaptahik.com

जाउलाखेललाई हराउँदै आर्मी सेमिफाइनलमा

 


हेटौंडा । शहीद स्मृति राष्ट्रिय गोल्डकप तेस्रो संस्करणको दोस्रो खेलमा त्रिभुवन आर्मीले विजयी सुरुवात गरेको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा बिहीबारदेखि सूरु भएको प्रतियोगितामा जावालाखेल युथ क्लबलाई टाइब्रेकरमा हराउँदै आर्मीले सेमिफाइनल यात्रा पक्का गरेको हो ।

खेलको निधार्रित समयमा गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा जावलाखेलका दुई जना खेलाडीले प्रहार गरेको बल आर्मीका गोलरक्षक विश्वास चौधरीले रोकेपछि खेलको नतिजा आर्मीको पक्षमा आएको हो ।

म्यान अफ दी म्याच बनेको चौधरीले जावलाखेलका विदेशी खेलाडी विडेल लुइज र राजेन्द्र रावलको प्रहार रोकेका थिए । जावलाखेलका लागि विदेशी खेलाडी फोडे फफना र रुपबहादुर लामाले गोल गरेका थिए । यस्तै आर्मीको लागि टंक बस्नेत, दीपक गुरुङ, विकास तामाङ र सेसेहाङ आङदेम्बेले गोल गरेका थिए ।

शनिबारको खेलमा नेपाल पुलिस र संकटा क्लब भिड्ने भएका छन् । खेलपछि प्रतिक्रिया दिँदै जावालखेलको प्रशिक्षक किशोर केसीले करिब एक वर्षपछि टोली मैदानमा आएता पनि उत्कृष्ट पुनरागमन गरेको बताए ।

उनले आर्मीसँग राम्रो प्रतिस्पर्धा गरेपनि टाइब्रेकरमा हार्नु दुर्भाग्य भएको बताए । यस्तै आर्मीका प्रशिक्षक चुनबहादुर थापाले राष्ट्रिय टिमबाट खेल्ने खेलाडीहरुको अभाव भएता पनि प्रतियोगितामा उत्कृष्ट लय समातेको बताएका छन् ।

फिनिसिङको कमजोरी स्वीकार्दै थापाले आगामी खेलमा घाइते भएका केही खेलाडी ठिक हुँदा टिम थप शसक्त हुने बताए । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख पाउनेछ ।

त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट हुने खेलाडी बुलेट मोटरसाइकल प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.