मेयर्स कप फाइनल : पुलिसविरुद्ध टस जितेर ब्याटिङ गर्दै एपीएफ - Crazysaptahik.com

मेयर्स कप फाइनल : पुलिसविरुद्ध टस जितेर ब्याटिङ गर्दै एपीएफ

काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ भिड्दैछन् । कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेलमा एपीएफले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

नेपाल क्रिकेट संघ क्यानले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरेको प्रतियोगितामा लिग चरणको शीर्ष दुई स्थानमा रहेर पुलिस र एपीएफ फाइनल पुगेका हुन् ।

गत माघमा भएको प्रधानमन्त्री कपमा सेमिफाइनल पुगेका चार टोली र काठमाडौं मेयर्स ११ टिम गरी पाँच टिमले सिंगल राउण्ड र रोविनका आधारमा प्रतिस्पर्धा गरेका थिए । जसमा एपीएफ र पुलिसले चार मध्ये समान ३ खेल जित्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।

लिग चरणमा एपीएफले पुलिसलाई १ विकेटले पराजित गरेको थियो । भेट्रान मन्जित श्रेष्ठको कप्तानीमा पुलिस मैदान उत्रनेछ भने एपीएफको कप्तानी शरद भेषावकरले गर्देनछन् ।

दुवै टिममा पछिल्लो खेलबाट कुनै परिवर्तन गरिएको छैन । एपीएफ र पुलिस दुवैले लिगको अन्तिम खेल काठमाडौं मेयर्स ११ विरुद्ध खेलेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.