बेन्जामाको दुई गोलमा रियलको पुनरागमन जित, एट्लेटिको बराबरीमा रोकियो - Crazysaptahik.com

बेन्जामाको दुई गोलमा रियलको पुनरागमन जित, एट्लेटिको बराबरीमा रोकियो

स्पानिस ला लिगामा शीर्ष स्थानको एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । अर्कोतर्फ करिम बेन्जामाले दुई गोल गरेपछि रियल मड्रिड एल्चेविरुद्ध पुनरागमन जित हात पार्दै दोस्रो स्थानमा उक्लेको छ ।

गेटाफेसँग गोलरहित बराबरीमा रोकिएपछि एट्लेटिकोले अंकदूरी बढाउने अवसर गुमायो । बराबरीपछि एट्लेटिकोको २७ खेलबाट ६३ अंक भएको छ । रियल मड्रिडले एल्चेविरुद्ध २–१ को पुनरागमन जित हात पार्दै एट्लेटिकोसँग अंकदूरी ६ मा झारेको छ ।

बेन्जामाले इन्जुरी टाइममा गोल गरेपछि रियलले ३ अंक जोडेको हो । रियलको घरेलु मैदानमा पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । खेलको ६१औं मिनेटमा डानी काल्भोले गोल गर्दै एल्चेलाई अग्रता दिलाएका थिए ।

तर त्यसलाई कायम राख्न सकेन । ७३औं मिनेटमा बेन्जामाले रियलका लागि बराबरी गोल फर्काए । त्यसपछि इन्जुरी टाइममा बेन्जामाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २–१ को जित दिलाए । जितपछि २७ खेलबाट रियलको ५७ अंक छ ।

रियलले बार्सिलोनालाई १ अंकले पछि पारेको हो । २६ खेल खेलेको बार्सिलोना ५६ अंकसहित तेस्रो स्थानमा छ । बार्सिलोनाले सोमबार हुने खेलमा हुएस्कालाई पराजित गरेमा एट्लेटिकोसंग अंकदूरी ४ मा झार्नेछ । एल्चे २६ खेलबाट २४ अंकसहितर १७औं स्थानमा रहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.