संकटालाई हराउँदै मच्छिन्द्र सेमिफाइनलमा - Crazysaptahik.com

संकटालाई हराउँदै मच्छिन्द्र सेमिफाइनलमा

हेटौंडा । हेटौंडामा जारी स्थानीय तह शहीद स्मृती राष्ट्रिय गोल्डकप तेस्रो संस्करणको खेलमा मच्छिन्द्र क्लब सेमिफाइनलमा पुगेको छ ।सोमबार भएको खेलमा संकटालाई १–० ले हराउँदै मच्छिन्द्रले सेमिफाइनलको यात्रा तय गरेको हो ।

खेलको २५औं मिनेटमा मच्छिन्द्रका राजेश परियारले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । परियार नै खेलको म्यान अफ दी म्याच बन्दै १० हजार रुपैयाँ नगद प्राप्त गरेका थिए । मच्छिन्द्रले फाइनल प्रवेशका लागि अब आयोजक रिगल रिसोर्ट मकवानपुर ११ सँग खेल्नेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.