अन्जन ललितपुर सिटी एफसीको मार्की खेलाडी - Crazysaptahik.com

अन्जन ललितपुर सिटी एफसीको मार्की खेलाडी

अन्जन विष्टलाई नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम ललितपुर सिटी एफसीले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ । सोमबार ललितपुरले अन्जनलाई मार्की खेलाडीको रुपमा सार्वजनिक गरेको हो ।

ललितपुरका मालिक तथा भाटभटेनी सुपर मार्केटका कार्यकारी निर्देशक कल्याण गुरुङ र अन्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । मनाङ मर्स्याङ्दी क्लबबाट व्यावसायिक फुटबल खेल्ने अन्जन नेपाली टिमका नियमित सदस्य हुन् ।

२२ वर्षीय अन्जनले नेपालको लागि २ गोलसमेत गरेका छन् । ललितपुरसँग सम्झौता गरेपछि अन्जनले टिमबाट नेपाल सुपर लिग खेल्न आतुर रहेको बताएका छन् । सोमबार नै धनगढी एफसीले विशाल राईलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।

नेपाल स्पोर्ट्स एण्ड ईभेन्ट म्यानेजमेन्टको आयोनामा आगामी आगामी वैशाख ११ गतेदेखि सुरु हुने एनएसएलमा विभिन्न सहरका ७ फ्रेन्चाईज टिमले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।आयोजकले आइतबार ७ फ्रेन्चाइज टिमको नाम सार्वजनिक गरेको थियो ।

एनएसएलमा ललितपुरसहित विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.