जोटाको निर्णायक गोलमा लिभरपुलको जित - Crazysaptahik.com

जोटाको निर्णायक गोलमा लिभरपुलको जित

डिएगो जोटाले गरेको एक मात्र गोल मद्दतमा साविक विजेता लिभरपुलले प्रिमियर लिगमा वल्भसलाई पराजित गरेको छ ।वल्भ्सको मैदानमा भएको खेलमा लिभरपुलले १–० को कठिन जित हात पारेको हो ।

वल्भ्सका पूर्वखेलाडी जोटाले पहिलो हाफको इन्जुरी टाइममा साडियो मानेको पासमा गोल गरेका थिए । त्यही गोल लिभरपुललाई ३ अंक दिलाउन पर्याप्त बनेको हो । जितपछि २९ खेलबाट ४६ अंक जोड्दै लिभरपुल छैटौं स्थानमा उक्लेको छ ।

एभरटन समान अंक भए पनि गोलअन्तरमा लिभरपुल अघि रहेको हो । यस सिजन खराब प्रदर्शन गरिरहेको लिभरपुल शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा २५ अंकले पछि छ । वल्भ्स २९ खेलबाट ३५ अंकसहित १३औं स्थानमा छ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.