रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा - Crazysaptahik.com

रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

 

स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब एट्लान्टालाई ३–१ ले पराजित गर्दै समग्रमा ४–१ को जितसहित रियल अन्तिम आठमा पुगेको हो ।

पहिलो लेगमा रियलले १–० को जित हात पारेको थियो । दोस्रो लेगमा रियललाई जित दिलाउन करिम बेन्जामा, सर्जियो रामोस र मार्को एसेन्सियोले एक एक गोल गरे । एट्लान्टाका लुइस मुरिएलले एक गोल फर्काए । खेलको ३४ औं मिनेटमा बेन्जामाले गोल गर्दै रियललाई १–० को अग्रता दिलाएका थिए ।

च्याम्पियन्स लिगमा ब्न्जामाको यो ७०औं गोल हो । ६०औं मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गरेपछि रियलले अग्रता दोब्बर बनायो । चोटबाट मुक्त हुँदै मैदान फर्किएका रामोसले पहिलो खेलमै गोल गरेका हुन् ।

८३औं मिनेटमा एट्लान्टाका लुइसले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । तर, ८५ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई ३–१ को जित दिलाए । अघिल्ला दुई सिजन अन्तिम आठमा पुग्न असफल भएको रियल ३६औं पटक युरोपियन कप÷च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.