तेस्रो टी–२० मा इंग्ल्याण्डका सहज जित - Crazysaptahik.com

तेस्रो टी–२० मा इंग्ल्याण्डका सहज जित

भारतविरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा इंग्ल्याण्डले ८ विकेटले विजयी भएको छ । जोस बटलरको उत्कृष्ट प्रदर्शनमा सहज जित हात पार्दै इंग्ल्याण्डले पाँच खेलको सिरिजमा २–१ को अग्रता बनाएको छ ।

भारतले दिएको १५७ रनको लक्ष्य इंग्ल्यान्डले १८.२२ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो । इंग्ल्यान्डको जितमा जोस बट्लरले सर्वाधिक ८३ रन बनाए । उनले ५२ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गर्दै अविजित ८३ रन बनाए ।

यस्तै जोनी बेयर्स्टोले २८ बलमा ५ चौकासहित अविजित ४० रन बनाए । डाविड मालन १८ र जासन रोय ९ रन बनाएर आउट भए । भारतका युजभेन्द्र चाहल र वासिङ्गटन सुन्दरले १\१ विकेट लिए । त्यसअघि नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो ।

भारतका लागि कप्तान विराट कोहलीले अविजित रहदै सर्वाधिक ७७ रन बनाए । उनले ४६ बल खेल्दै८ चौका र ४ छक्का प्रहार गरे । यस्तै ऋषव पन्तले २५, हार्दिक पाण्ड्याले १७ र रोहित शर्माले १५ रन बनाए । इंग्ल्यान्डका मार्क उडले ३ र क्रिस जोर्डनले २ विकेट लिए ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.