च्याम्पियन्स लिग :  एट्लेटिकोलाई हराउँदै चेल्सी ७ वर्षपछि क्वाटरफाइनलमा - Crazysaptahik.com

च्याम्पियन्स लिग :  एट्लेटिकोलाई हराउँदै चेल्सी ७ वर्षपछि क्वाटरफाइनलमा

इंग्लिस क्लब चेल्सी सात वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पानिस क्लब एट्लेटिको मड्रिडलाई २–० ले पराजित गर्दै चेल्सीले क्वाटरफाईनलमा स्थान पक्का गरेको हो ।

पहिलो लेगमा १–० को जित हात पारेको लण्डन क्लब चेल्सी समग्रमा ३–० ले विजयी भयो । घरेलु मैदानमा भएको दोस्रो लिगमा चेल्सीलाई जित दिलाउन हाकिम जिएच र इमर्सनले एक एक गोल गरे ।

खेलको ३४ औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । इन्जुरी टाइममा इमर्सनले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए ।

८२ औं मिनेटमा स्टेफान साभिकले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो । चेल्सी सन् २०१३÷१४ को सिजनपछि पहिलो पटक क्वाटरफाइनलमा पुगेको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.