च्याम्पियन्स लिगको साविक विजेता बार्यन सहजै क्वाटरफाइनलमा - Crazysaptahik.com

च्याम्पियन्स लिगको साविक विजेता बार्यन सहजै क्वाटरफाइनलमा

साविक विजेता जर्मन क्लब बार्यन म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको अन्तिम १६ को दोस्रो लिगमा इटालियन क्लब लाजियोलाई २–१ ले पराजित गर्दै समग्रमा ६–२ को जितसहित बार्यन अन्तिम आठमा पुगेको हो । बार्यन पहिलो लिगमा ४–१ ले विजयी भएको थियो ।

घरेलु मैदानमा भएको दोस्रो लिगमा बार्यनका लागि रोबर्ट लेवान्डोस्की र एरिक म्याक्सिम चोपोउ माटिङले एक–एक गोल गरे । लाजियोका मार्को पारालोले एक गोल फर्काए । खेलको ३३औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए ।

७३औं मिनेटमा म्याक्सिमले गोल गरेपछि बार्यनले २–० को अग्रता लियो । ८२औं मिनेटमा लाजियोका मार्कोले एक गोल फर्काए पनि बार्यन २–१ ले विजयी भयो ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.