पाकिस्तानी लिगको एउटै खेलमा नेपाली खेलाडी अनिताले गरिन् १६ गोल - Crazysaptahik.com

पाकिस्तानी लिगको एउटै खेलमा नेपाली खेलाडी अनिताले गरिन् १६ गोल

 

 

नेपाली राष्ट्रिय टिमका चार खेलाडी सम्मिलित मासा युनाइटेडले पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा कराँची वुमन्सलाई ३५–० गोल अन्तरले पराजित गरेको छ ।

मंगलबार भएको खेलमा मासाको जितमा नेपाली खेलाडी अनिता केसीले १६ गोल गरिन् । यस्तै मिडफिल्डर सरु लिम्बुले १० गोल गरिन् । अरिबाले ३ तथा सम्रोज समिरानाले दुई गोल गरिन् । गीता रानाले २ गोल गरिन् ।

मासाको कप्तानसमेत रहेकी नेपाली गोलकिपर एन्जिलाले समेत २ गोल गरिन् । पहिलो खेलमा मासा युनाइटेडले सियालकोट सिटीलाई १९–० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा हाइयर एजुकेसन कमिसनलाई ४–० गोल अन्तरले हराएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.