गोरु काटेको अभियोगमा दुईजना पक्राउ - Crazysaptahik.com

गोरु काटेको अभियोगमा दुईजना पक्राउ

कास्की । गोरु काटेको अभियोगमा माछापुच्छ्रे गाउँपालिका–६ हेम्जाकोट बस्ने ४९ वर्षीय चन्द्र नेपाली र सोही ठाउँ बस्ने ४९ वर्षीय कृष्ण नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रले आफ्नै घरमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धम्पुसबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.