वायु प्रदूषणका कारण बिहानैदेखि उडान प्रभावित - Crazysaptahik.com

वायु प्रदूषणका कारण बिहानैदेखि उडान प्रभावित

वायु प्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान आज बिहानैदेखि प्रभावित बनेको छ । विमानस्थल टावर कन्ट्रोलले दिएको जानकारीअनुसार उडानका लागि आवश्यक भिजिबिलिटी नहुँदा विमानस्थल पूरै बन्द जस्तै अवस्थामा छ ।

आज बिहान एउटा अन्तर्राष्ट्रिय उडान भए पनि अहिलेसम्म कुनै आन्तरिक उडान हुन नसकेको विमानस्थलले जानकारी दिएको छ । अहिले पनि भिजिबिलिटी कम रहेकाले उडान सुरू गर्न सकिएको छैन ।

हिजो दिउँसो उपत्यकामा एक्कासी धुलो र धुँवासहितको बाक्लो प्रदूषण देखिएको थियो । त्यसै कारण भिजिबिलिटी कम हुँदा विमानस्थल केही समयका लागि बन्द गरिएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.