सुन्दरहरैचामा दुर्घटना ,एकजनाको मृत्यु - Crazysaptahik.com

सुन्दरहरैचामा दुर्घटना ,एकजनाको मृत्यु

बिराटचौक । मोरङको सुन्दरहरैचा नगरपालिका(६ मा भएको सवारी दुर्घटनामा परी अजय सहनीको मृत्यु भएको छ । आज दिउँसो साँढे १ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को १ ख ४४०८ नम्बरको बसलाई सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ९५६१ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा बसमा ठोक्किएर मोटरसाइकल चालक घाइते भएका थिए ।

घाइते मोटरसाईकल चालक विराटनगर महानगरपालिका३ का २० वर्षीय अजय सहनीको उपचारको क्रममा विराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.