ईपीएल खेल्न एबी डी भिलियर्स सकारात्मक - Crazysaptahik.com

ईपीएल खेल्न एबी डी भिलियर्स सकारात्मक

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्स आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट खेल्न सहमत भएका छन् । आयोजक ईपीएलका प्रबन्ध निर्देशक अमिर अख्तरका अनुसार भिलियर्ससँग सकारात्मक कुराकानी भइरहेको छ ।

‘उहाँले नेपालमा खेल्न चाहन्छु भन्नुभएको छ,’ उनले भने, ‘आईपीएलबारे निर्णय भएपछि खबर गर्छु भन्नुभएको छ ।’ गत वर्ष मार्चमा तय भएको ईपीएलको चौथो संस्करणमा पनि उनलाई ल्याउने प्रयास भएको थियो । तर इन्डियन प्रिमियर लिग परेका कारण उनले आउन पाएनन् भने कोरोना महामारीका कारण ईपीएल पनि स्थगित भयो ।

यसपटक दशैंको समयमा ईपीएल हुने र जुनबेला अन्तर्राष्ट्रिय पनि खेल हुने भएकाले विदेशी खेलाडी आउन सहज हुने ईपीएलका प्रबन्ध निर्देशक अख्तरले बताए ।उनका अनुसार क्रिस गेल लगायत अन्य विदेशी खेलाडीहरुसँग पनि कुरा भइरहेको छ ।

‘गेल, कार्लोस ब्रेथवेइट, एण्डरसन लगायतसँग कुरा भइरहेको छ’ उनले भने ।क्रिस गेल गतवर्ष नै ईपीएल खेल्न आउने पक्का भएको थियो । पोखरा राइनोजले अनुबन्ध समेत गरिसकेको थियो । तर प्रतियोगिता नै नभएका कारण आउन पाएनन्।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.