
उदयपुरमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका–४ मा शनिवार राती ट्याक्टरले किचेर रुपेश लामगादेको मृत्यु भएको हो ।
शनिवार राती पौने १० बजेको समयमा स्वर्गिय मदन भण्डारी स्मृति लोकमार्गमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको स १ त ७६२० नम्बरको ट्याक्टरमा सवार रहेका लामगादेको अचानक ट्याक्टरबाट झर्दा उक्त ट्याक्टरको पछाडिको टायरले किचेर घाईते भएका थिए ।
घाईतेलाई बेल्टार अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

