
फिफा विश्वकप छनोटमा इंग्ल्याण्ड, इटली र डेनमार्क र अर्मेनियाको शतप्रतिशत जित हात पारेका छन् । युरोपियन छनोटमा यी चार राष्ट्रले आफ्नो समूहमा लगातार तीन खेल जितेका हुन् । यस्तै साविक विजेता फ्रान्स र पूर्व विजेता स्पेनले पनि लगातार दुई खेल जित्दै अपराजित यात्रा भने कायम राखेको छ ।
पूर्व च्याम्पियन जर्मनी भने पराजित भएको छ । समूह ‘आई’मा इंग्ल्याण्डले पोल्याण्डलाई २–१ ले पराजित गरेको हो । ह्यारी केनले १९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । ५८औं मिनेटमा जाकुब मोडेरले पोल्याण्डका लागि बराबरी गोल फर्काए ।
तर ह्यारी मगुएररले ८५औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई जित दिलाए । लगातार तीन जितपछि ९ अंक जोड्दै इंग्ल्याण्ड समूह ‘आई’ को शीर्ष स्थानमा यथावत छ । छनोटमा पहिलो हार व्यहोरेको पोल्याण्ड ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा छ ।
एन्डोरालाई ४–१ ले पराजित गरेको हंगेरी ७ अंक जोड्दै दोस्रो स्थानमा छ । यस्तै समूह ‘सी’ मा इटलीले लिथुअनियालाई २–० ले हरायो । इटलीका लागि स्टेफानो सेन्सीले ४८औं र सिरो इम्मोबाइलले इन्जुरी टाइममा पेनाल्टीमा गोल गरे ।
लगातार तीन जितपछि इटली ९ अकसहित शीर्ष स्थानमा छ । लगातार दुई खेल हारेको लिथुअनिया अंकविहीन हुँदै पाँचौ स्थानमा छ । यसैगरी समूह ‘एफ’मा डेनमार्कले अष्ट्रेलियालाई ४–० ले पराजित गरेको छ ।
लगातार तेस्रो खेल जित्ने क्रममा डेनमार्कले १४ गोल गरिसकेको छ भने कुने गोल व्यहोरेको छैन । डेनमार्कका लागि आन्द्रेज स्कोभ ओल्सनले ५८औं र ७४औं मिनेटमा गोल गरे । यस्तै जाओकिम माएहेलेले ६३औं रपिएरे एमिल होजवर्गले ६७औं मिनेटमा गोल गरे ।
डेनर्माक ९ अंकसहित शीर्ष स्थानमा छ । अष्ट्रेलिया ३ खेलाट ४ अंकसहित चौथो स्थानमा छ । फारोए आइल्याण्डलाई ४–० ले पराजित गर्दै पहिलो जित हात पारेको स्कटल्याण्ड ५ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । यस्तै अर्मेनियाले रोमानियालाई ३–२ ले पराजित गर्दै समूह ‘आई’मा लगातार तीन खेल जितेको छ ।
अर्मेनिया ९ अंक जोड्दै शीर्ष स्थानमा छ । यसै समूहमा विश्वकप पूर्व विजेता जर्मनी भने मेसेडोनियासँग २–१ ले स्तब्ध बनेको छ । यसैगरी समूह ‘बी’ मा स्पेनले कोसोभोलाई ३–१ ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ ।
स्पेनको जितमा डानिएल ओल्मोले ३४औं, फेरान टोरेसले ३६औं र जेरार्ड मोरेनोले ७५औं मिनेटमा गोल गरे । कोसोभोका बेसार हालिमीले ७०औं मिनेटमा एक गोल फर्काए । पहिलो खेलमा ग्रीससँग बराबरी खेलेको स्पेनले त्यसयता दोस्रो खेलमा जर्जियालाई पराजित गरेको थियो ।
३ खेलबाट ७ अंकसहित स्पेन समूह ‘बी’ को शीर्ष स्थानमै छ । यस्तै समूह ‘डी’ मा फ्रान्सले पनि लगातार दोस्रो जित हात पार्ने क्रममा बोस्निया एण्ड हर्जगोभिनालाई १–० ले हरायो । यक्रेनसँग पहिलो खेल बराबरी खेलेको फ्रान्सले दोस्रो खेलमा कजाखस्तानलाई पराजित गरेको थियो ।
फ्रान्सका लागि एन्टोनी ग्रिजमनले ६०औं मिनेटमा निर्णायक गोल गरे । यस्तै युक्रेन र कजाखस्तानले १–१ को बराबरी खेल्दै अंक बाँडे ।


