पथरी शनिश्चरेका प्रशासकीय अधिकृत सहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा - Crazysaptahik.com

पथरी शनिश्चरेका प्रशासकीय अधिकृत सहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा

क्रेजी संववाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धमला सहित इन्जिनियर कृष्णप्रसाद कोइराला र सबइन्जिनियर लिलाराज भट्टराई तथा चुरे संरक्षण पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर गुरुङ, सचिव नविन ढकाल र कोषाध्यक्ष विनिता देवान विरुद्ध २४ लाख २७ हजार बिगो कायम गरी बिहिबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पोखरी निर्माणको काम सम्पन्न नभई रकम भुक्तानी भएको अनुसन्धानबाट खुलेपछि कारबाही अगाडि बढाइएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । धमला, कोइराला र भट्टराईले पोखरी निर्माण भइसकेको भनेर गलत कार्यसम्पन्न प्रतिवेदन तयार तथा स्वीकृत गरेको, नगरपालिकाको योजना तथा गलत प्रतिवेदन पेस तथा जाँचपास गरेको, झुटा बिल बनाई स्वीकृत गरेको आरोप छ । यस्तै, समितिका तीन पदाधिकारीले निर्माण सम्पन्न भएको झुटो विवरण पेस गरी भुक्तानी लिने काममा सहयोग गरेर लाभ लिएको दाबी छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.