भिनिसियस चम्किदा लिभरपुल पराजित - Crazysaptahik.com

भिनिसियस चम्किदा लिभरपुल पराजित

च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलोे लेगमा लिभरपुल रियल म्याड्रिडसँग ३–१ गोलले पराजित भएको छ । रियललाई जित दिलाउन भिनिसियस जुनियरले दुई गोल गरे । खेलको पहिलो हाफमा रियल लिभरपुलमाथि हाबी बनेको थियो । पहिलो हाफमा लिभरपुलले विपक्षीको पोष्टमा एउटा पनि आक्रमण गर्न सकेन ।

२७ औँ मिनेटमा टोनी क्रुसको पासमा भिनिसियस जुनियरले रियललाई अग्रता दिलाए । योसँगै २० वर्ष २६८ दिन उमेरमा गोल गरेका भिनिसियस राउलपछि च्याम्प्यिन्स लिगको नकआउट चरणमा रियलका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी पनि बनेका छन् ।

३६ औँ मिनेटमा ट्रेन्ट अलेक्सान्डर आर्नोल्डको गल्तीको फाइदा उठाउँदै मार्को एसेन्सियोले रियलको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा मोहमद शालहले लिभरपुलका लागि एक गोल फर्काए पनि भिनिसियसले खेलको ६५ औँ मिनेटमा गोल गर्दै रियलको जीत सुनिश्चित गरे ।

जिनेदिन जिदानको प्रशिक्षककको रु​पमा च्याम्पियन्स लिगमा ५० औँ खेल थियो । यसमध्ये उनले ३१ वटामा जीत हासिल गर्न सफल भएका छन् । ५० खेलपछि जिदानभन्दा बढी जप हाइङक्सले मात्र ३२ खेल जितेका छन् । अब दोस्रो लेग १४ अप्रिलमा लिभरपुलको घरेलु मैदान एनफिल्डमा आयोजना हुनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.