च्याम्पियन्स लिग : एमबाप्पेको दुई गोलमा पीएसजीले बार्यनलाई हरायो - Crazysaptahik.com

च्याम्पियन्स लिग : एमबाप्पेको दुई गोलमा पीएसजीले बार्यनलाई हरायो

किलियन एमबाप्पेको दुई गोल मद्दतमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल पहिलो लगमा जर्मन क्लब बार्यन म्युनिखलाई ३–२ ले पराजित गरेको छ । पीएसजीका लागि अर्को गोल मार्क्विवन्होसले गरे ।

घरेलु मैदान एलिएन्ज एरेनामा बार्यनका लागि चोपोउ मोटिङ र थोमस मुलरे गोल गरे पनि हार टार्न पर्याप्त भएन । खेलकव तेस्रो मिनेटमै एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । २८औं मिनेटमा मार्क्विवन्होस्ले पीएसजीको अग्रता दोब्बर पारे ।

पीएसजीका मोटिङले ३७औं मिनेटमा गोल गर्दै गोल अन्तरमा पहिलो हाफमा २–१ मा झारेको । ६०औं मिनेटमा बायर्नका मुलरले गोल गरेपछि खेल २–२ को अवस्थामा पुग्यो । तर एमबाप्पेले ६८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई जिताए । गत सिजन बार्यनले पीएसजीलाई नै फाइनलमा हराएर च्याम्पियन्स लिग उपाधि जितेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.