पथरी डान्स सेन्टर शाखाको वार्षिकोत्सव - Crazysaptahik.com

पथरी डान्स सेन्टर शाखाको वार्षिकोत्सव

ईस्वर दुलाल
पथरी शनिश्चरे । पथरी डान्स सेन्टर किर्तिपुर शाखाको वार्षिकोत्सव विशेषक साँकृतिक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।

बालकल्याण आधारभूत विद्यालयमा आयोजाना भएको कार्यक्रममा सेन्टरका विद्यार्थीहरु लगायतले आफ्नो दमदार प्रस्तुति देखाएका थिए । कार्यक्रमको प्रमुख अथिति पथरी शनिश्चरे नगरपालिका उप–प्रमुख यमुना बिस्ट बास्तोला, बिशिष्ट अथितिहरू वडा नं ७ वडा अध्यक्ष कपिलमणि ढकाल, सोही वडाका वडा सदस्य बिरोज मगर, युवा नेता तथा समाजसेवी लोककिरण न्यौपाने, सुपप बोर्डिङ स्कुलका फाउन्डर तथा प्रिन्सिपल सन्तोस बस्नेत लगायत रहेका थिए ।

कार्यक्रममा स–साना नानीहरुको प्रस्तुतिसँगै कार्यक्रम सुरु भएको थियो । नानीहरुको प्रस्तुतिले उपस्थित अभिभावकहरु एकीकृत भए । ‘आँखामा राख्छु मेरो देश, परेलीमा राख्छु मेरो देश…’ बोलको गीतको नृत्यले उपस्थित सबैको ध्यान खिचेको थियो ।

यस्तै कल्चरल नृत्य, बेली डान्स, आधुनिक, मेलोडी सहित स्थानीय गायक गायिकाहरुको बेजोड प्रस्तुतिका साथ भब्य रुपमा सम्पन्न भयो । सो कार्यक्रममा आफ्ना नानीहरुको नृत्य देख्दा निक्कै हर्षित मुद्रामा थिए उपस्थित अभिभावकहरु । सो कार्यक्रममा उपस्थित जानुका प्रसाईँले भनिन्–‘ मेरी नानीको प्रस्तुति देख्दा मेरो आँखा रसायो २ महिना अघिदेखि मात्र नृत्य सिक्न थालेकी मेरी नानीले यती राम्रो प्रस्तुति दिन सक्छिन् भन्ने मैले सोचेकी थिइनँ ।’

औपचारिक कार्यक्रममा बोल्दै बिगत सम्झदै सेन्टरका अध्यक्ष राम विस्वकर्माले भने–‘आज भन्दा १० वर्ष पहिले हामीले पथरीमा पथरी डान्स सेन्टर खोलेका थियांै त्यसको संचालनका निमित्त हामी माझ निक्कै चुनौतीहरु आएका थिए । सायद समय पनि त्यस्तै भएर होला ।’

यस्तैगरी चन्द्रमा युवा क्लवबाट पनि स्वयंसेवकको भूमिका निर्भाह भएको थियो । सो क्लवले नगरमा.हुने विभिन्न कार्यक्रमहरुमा क्लबको तर्फबाट भूमिका निर्भाह गर्दै आइरहेको छ । सेन्टरले नयाँ वर्षको अवसरमा फिटनेस, जुम्बा कक्षाहरू पनि संन्चालनमा ल्याउने साथै सो अवसरमा वैशाख १५ सम्ममा भर्ना गर्नेहरुले बिशेष छुट पाउनेछन् ।

 

सम्बन्धित खवर