
क्रेजी संववाददाता
कानेपोखरी । नेपाल कम्युनिष्ट पार्टी(एमाले) कानेपोखरी गाउँकमिटी र ७ वटै वडा कमिटीका पदाधिकारी र सदस्यहरुले सपथग्रहण लिएका छन् ।
शुक्रबार रमाइलो साकोसमा भएको सो कार्यक्रममा पार्टीका जिल्ला कमिटी अध्यक्ष ऋषिकेश पोख्रेलले सपथग्रहण खुवाएका थिए । दानबहादुर बस्नेतको संयोजकत्वमा १ सय ६७ सदस्यीय गाउँ कमिटी विस्तार भएको छ । यस्तैगरी सह–संयोजक सुशिल बुढाथोकी, सचिवमा चरण गुरुङ, सह–सचिवमा भिम बस्नेत चयन भएका छन् ।
यस्तै ७ वटै वडामा कमिटी विस्तार भएको छ । हरेक वडामा ८५ जना सदस्य रहने गरी वडा कमिटी विस्तार गरेको हो । वडा नं. १ मा चन्द्र मगर अध्यक्ष, अर्जुन कार्की सचिव, वडा नं.–२ को अध्यक्षमा पर्शुराम खतिवडा र सचिवमा कमल रिजाल, वडा नं.–३ को अध्यक्षमा गोपाल कार्की, सचिवमा खिना दाहाल, यसैगरी वडा नं.–४ को अध्यक्षमा दिनेश सुब्बा, सचिवमा इश्वरी बस्नेत, वडा नं.–५ को अध्यक्षमा युवराज लुइँटेल र सचिवमा राम कुमार श्रेष्ठ, वडा नं.–६ को अध्यक्षमा कुमार फुयाल र सचिवमा चन्द्र मगर, वडा नं. –७ को अध्यक्षमा हरि न्यौपाने र सचिवमा रुद्र राई चयन भएका छन् ।
यस्तै युवा संघ कानेपोखरी गाउँ कमिटीको संयोजकमा अशोक फुयाल चयन भएको छ । ७ वटै वडाबाट १ सय ९७ सदस्य चयन गरी गाउँ कमिटी विस्तार गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, पार्टी प्रदेश कमिटी सदस्य, रामकुमार बस्नेत, भूमी समस्या समाधान आयोग जिल्ला अध्यक्ष डिपी राई, पार्टी जिल्ला सल्लाकार संयोजक तथा कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले लगायतले र युवा संघ नेपाल केन्द्रीय उपमहासचिव विजयी डाँगी लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा पार्टी जिल्ला सचिवलाय सदस्य तथा गाउँपालिका उपाध्यक्ष राजमती इङ्नामले स्वागत मन्तव्य राखेकी थिइन् । युवा संघ नेपाल केन्द्रीय सचिवलाय सदस्य तथा जिल्ला अध्यक्ष नवीन पौडेल अतिथि रहेका थिए । कार्यक्रम जिल्ला कमिटी सदस्य तथा गाउँ कमिटी अध्यक्ष भोला अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रम संचालन भने भूपाल श्रेष्ठले गरेका थिए ।

