क्रेजी संवाददाता
पथरी शनिश्चरे । मोरङको कानेपोखरी–२ का ४७ वर्षीय बुदन चौधरीलाई हिरासतमा लिइएपछि इलाका प्रहरी कार्यालय पथरीमा कुटपिट हुँदा किड्नीमै समस्या आएको उनको परिवारले जनाएको छ ।
घटना वि.सं. २०७७ चैत्र १५ गते देखि को हो । चौधरी १६ गते यौनहिंसाको आरोपमा प्रहरी नियन्त्रणमा परेका थिए । इलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा रहेका चौधरीको दाहिने कानको माथिल्लो भागको कपाल उखेलिएको छ । जवरजस्ती कपाल तानिएको कारण त्यहाँ चोट देखिएको छ । बेलाबेला अचेत हुने चौधरीको हिप (चाक) र त्यस माथिल्लो भागमा रगत जामिएको डामहरु रहेको छ । प्रहरीको पिछाइबाट घाइते चौधरीलाई २१ गते प्रहरीले नै उर्लाबारीमा अवस्थित मंगलबारे अस्पतालमा उपचारको लागि भर्ना गरेका थिए ।
मंगलबारे अस्पतालले विराटनगरको कोशी अस्पतालमा रिफर गरेपछि त्यही उपचार भइरहेको छ । अस्तालको बेडमा रहेको चौधरी बेलाबेला झस्किने र बेहोसमा जथाभावी बोल्ने समस्या अझै रहेको पत्नि शान्ति चौधरीले बताइन् । प्रहरीले नियन्त्रणमा लिएको चार दिनसम्म बुदन चौधरीमा समस्या थिएन । चौधरीको श्रीमती शान्ती इलाका प्रहरी कार्यालय श्रीमान् भेट्न जाँदै आउँदै गर्थिन् । २० गते चौधरीलाई प्रहरीले कुटपिट गरेर मरणासन्न बनाएको शान्तिको भनाइ छ । हरेक दिन भेट्न जाँदा पारिवारिक र व्यवाहारिक कुराकानी हुन्थ्यो । २० गते अपरान्ह जाँदा ऐया ऐया भनेपछि प्रहरीबाट कुटपिट भएको थाहा पाएको शान्तिको भनाइ छ ।
चैत्र २१ गतेबाट बुदन चौधरीको उपचार भइरहेको छ । कान छेउको कन्सिरीको कपाल उखेलिएको चोट, हिप (चाक) र ढाडमा निलडाम भएका चौधरीलाई अस्पताल पु¥याइए पनि दुई दिनसम्म आवश्यक औषधि नचलाएको परिवारको आरोप छ । प्रहरीले औषधि नकिनिदिएपछि पाँच हजारको औषधी आफै किनेको उनले बताइन् ।
प्रहरीले अमानवीय रुपमा कुटपिट गरेर घाइते बनाएको मानव अधिकारवादी संस्थामा उजुरी दिएपछि मात्र औषधी चलाउन थालेको घाइते चौधरीको ज्वाई हरी चौधरीको भनाइ छ । मानव अधिकारवादी संस्थामा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय मोरङको प्रवक्ता डीएसपी मानबहादुर राईको संयोजकत्वमा अनुसन्धान (छानविन) समिति गठन भएको छ । डीएसपी राई इलाका प्रहरी कार्यालय पथरी आएर सोधखोज गरेर फर्केका छन् ।
प्रहरीले भने कुटपिट गरेको कुरा अस्वीकार गर्दै आएको छ । सो घट्ना हुनु पूर्व इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी कृष्ण खड्का घर विदामा गएका थिए । इलाका प्रहरीमा इन्स्पेक्टर अनिलकुमार पौडेल निमित्त प्रमुख थिए । तत्कालीन निमित्त प्रमुख पौडेलले बुदन चौधरीलाई कुटपिट नगरेको थुनुवाहरुसँग झगडा भएर निलडाम भएको जनाउँछन् ।
घाइते बुदन चौकरीको पत्नी शान्ति चौधरी भने सो कुरा मान्न तयार छैनन । यतिको निलडाम हुने गरी, केश उखेलिन्जल अस्पतान भर्नाहुने गरी थुनुवा झगडा नहुने र भएपनि सुरक्षा गार्डले छुटाउनु पर्ने तर्क गर्दै पतिलाई बाहिर निकालेर मरनासन्न हुने गरी कुटपिट भएको दावी गर्छिन् ।
आफ्नो परिवार गरिव भएको कारण आवश्यक सहयोग नपाएको उनको गुनासो छ । कुटपिटमा संलग्न प्रहरीलाई छानविन गरी कडा कारबाही र पतिको पूर्ण उपचार हुनुपर्ने शान्ति चौधरीका माग रहेको छ । घटनाको छानविन समितिको संयोजक डीएसपी मानबहादुर राईले बुदन चौधरी नसालु पदार्थ सेवन गर्न नपाएपछि अर्धचेत अवस्थामा थुनुवाहरुलाई कुटपिट गर्न थालेपछि हिसासत भित्रै हातकडी लगाएर राख्नु पर्ने अवस्था आएको जनाए ।
चैत्र २० गतेदेखि रातभर कराउने, गाडिको ब्रेक लगाएको भन्दै अन्य थुनुवालाई लात्तले हान्ने, कुटपिट गर्न थालेपछि चौधरीलाई थुनुवा कोठा मै हातकडी लगाएर राखिएको अनुसन्धानको क्रममा बुझेको जिल्ला प्रहरी प्रबक्ता मानबहादुर राईको भनाइ छ । कोशी अस्पताल विराटनगरमा उपचार गर्ने क्रममा बुदन चौकरीको किड्नि (मृगौला)मा समेत समस्या देखिएको छ । प्रहरीकै पिटाइबाट मृगौलामा समस्या आएको बुदनकी पत्नि शान्ति र ज्वाइ हरी चौधरीको भनाइ छ । उनीहरुले प्रहरीको हिंसामा परेका बुदन चौधरीको पूर्ण उपचार गर्न माग गरेका छन् ।
कुटपिट वा घाउचोटबाट मृगौलामा समस्या आउछ कि आउदैन भन्ने सवालमा एक जना स्वास्थ्य कर्मीले कुटपिटबाट किड्निमा समस्या आउन सक्ने बताएका छन् । पीडित चौधरी परिवारको आरोपमा प्रहरी सहमत नभएपनि बुदन चौधरीको शारीरिक अवस्था हेर्दा कसैन कसैले योजनाबद्ध रुपमै कुटपिट भएको देखिन्छ ।
चौधरीलाई रमाइलो प्रहरी चौकीको भेनमा चढाएर लगेपछि श्रीमती शान्ति पनि प्रहरी कार्यालय पुगिन । केही समयमै बुदनलाई इलाका प्रहरी कार्यालय पथरी लगियो । इलाका प्रहरीमा पतिको लागि खाना लिएर जाँदै गरेकी शान्ति पक्राउ परेको चार दिनपछि पतिको होस हराउने गरी कुटपिट गरिएको बताउछिन् ।
बुदन चौधरीलाई यौन हिंसा सम्बन्धी मुद्दा चलाएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी कृष्ण खड्काले जानकारी दिए । बुदनकी श्रीमती शान्ति चौधरीले भने अपराध गरेको प्रमाण भए कानुन बमोजिम कारबाही गर्न खुल्ला हुदाहुँदै मरनासन्न हुने गरी, अझ मृगौलामै समस्या आउने गरी कुटपिट गर्न मिल्छ ? प्रश्न गर्छिन । पीडित शान्ती चौधरीले पटक–पटक दोहो¥याइन अपराध गरेको भए पतिलाई कारबाही होस तर थुनुवाको रुपमा रहेको पति बुदनलाई गैर कानुनी रुपमा कुटपिट गर्ने प्रहरीलाई छानविन गरी कडा कारबाही होस् ।