
पाँचथरमा ट्याक्टरबाट लडेर सह–चालकको मृत्यु भएको छ । फाल्गुनन्द गाऊपालिका ४ का २८ बर्षीय रोशन चेम्जोङको ट्याक्टरबाट लडेर मृत्यु भएको हो ।
बधबार बेलुका साढे ६ बजे सुकेधामवाट च्याङथापु तर्फ जादै गरेको प्रदेश १–०१–००१त८९६७ नम्बरको ट्याक्टरबाट लडी घाईते भएका सह–चालक चेम्जोडङको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा राती सभा १० बजे मृत्यु भएको जिल्ला प्रहरी ।
कार्यालय पाँचथरले जनाएको छ । ट्याक्टर र चालक पाँचथर कुम्मायक ३, रानिगाँउ का २३ बर्षीय काली बहादुर तामाङ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

