एनएसएलका लागि चितवनले भित्र्यायो इजिप्टका दुई खेलाडी - Crazysaptahik.com

एनएसएलका लागि चितवनले भित्र्यायो इजिप्टका दुई खेलाडी

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा वैशाख ११ देखि शुरु हुने नेपाल सुपर लिग (एनएसएल) का लागि एफसी चितवनले इजिप्टका दुई खेलाडी अनुबन्ध गरेको छ ।

चितवनले इजिप्टका अहमद मोहम्मद गबला र अल सायद शाबनलाई अनुबन्ध गरेको हो । चितवनले शुक्रबार सामाजिक सञ्जाल फेसबुक पेजमार्फत दुई खेलाडीलाई सार्वजनिक गरेको हो ।

राष्ट्रिय टिमका फरवार्ड भरत खवास मार्की प्लेयर रहेका चितवनको प्रशिक्षकमा मेघराज केसी छन् । वैशाख ११ देखि जेठ १ सम्म दशरथ रंगशालमा सञ्चालन हुने पहिलो संस्करणको एनएसएलमा ७ फ्रेन्चाइज टिमले सिंगल राउण्ड रोविन लिगको आधारमा खेल्नेछ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.