सडक क्षेत्रमा पसल नराख्न थप जानकारी - Crazysaptahik.com

सडक क्षेत्रमा पसल नराख्न थप जानकारी

पथरी शनिश्चरे, 

मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा रहेका सडकको क्षेत्रमा पसल तथा कुनै सामग्री नराख्न जानकारी दोहोर्याउँदै नगरपालिका कार्यालयले थप सचेत गराएको छ ।

१ नम्बर वडा सदस्य धनप्रसाद साँवा सहित नगर प्रहरीहरुले पथरी बजारको पूर्वपश्चिम मुख्य सडकमा आज स्थानीय व्यवसासीलाई सचेत गराउँदै सडकको क्षेत्राधिकारभित्र पसल, व्यवसाय र अन्य सामग्री हटाउन सुरु गरेका हुन् ।

सडक दुर्घटना र सडक क्षेत्र अतिक्रमण बढ्ने तथा बजारको स्वरुप कुरुप बन्ने भएकाले सडकको क्षेत्र खाली गराउने काम अघि बढाइएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.