
पथरी शनिश्चरे,
गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे नगरको ३ वटा वडामा बाख्रा तथा बंगुरपालन सम्बन्धी सिप विकास तालिम सञ्चालन भएको छ ।
नगर प्रमुख दिलीपकुमार राईले नगरमा लघु उद्यम विकास गर्न स्थानीयको मुख्य भूमिका रहने बताउनु भयो । यसअघि छनौटमा परेका वडा नम्बर १, २ र ३ का २९ जना पशुपालकहरुका लागि ५ दिने सिप विकास तालिममा वरिष्ठ उद्यम विकास सहजकर्ता सपना कार्की र उद्यम विकास सहजकर्ता भगवती कटुवालले सहजिकरण गर्नुभएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको २५ लाखको लागतमा कार्यक्रम सुरु भएको हो ।

