आइपिएल : राजस्थान रोयल्सलाई १८९ रनको लक्ष्य - Crazysaptahik.com

आइपिएल : राजस्थान रोयल्सलाई १८९ रनको लक्ष्य

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार भएको खेलमा चेन्नई सुपरकिङ्ग्सले राजस्थान रोयल्सलाई १८९ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङमा उत्रिएको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८८ रन बनायो । चेन्नईका लागि फाप डुप्लेसिसले सर्वाधिक ३३ रन बनाए ।

यस्तै अम्बाती रायडुले २७, मोइन अलीले २६, सुरेश रैनाले १८ रन बनाए ।चेन्नईको कप्तानका रुपमा २०० औं म्याच खेलेका महेन्द्रसिंह धोनीले सोमबार उत्कृष्ट खेल प्रदर्शन गर्न सकेनन् । उनी १८ रन बनाएर बाहिरिए ।

राजस्थानका लागि चेतन सकरियाले ३ विकेट लिए भने क्रिस मोरिसले २, मुस्तफिजुर रहमान र राहुल तेबटियाले एक\एक विकेट लिए ।

दुई\दुई खेल खेल्दै एक जित र एक हार व्यहोरेका दुवै टिम दोस्रो जितका लागि आपसमा संघर्षरत छन् । अंक तालिकामा चेन्नई चौथो र राजस्थान पाँचौं नम्बरमा छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.