
नेपाली राष्ट्रिय महिला टिम र भारतको उत्तराखण्ड महिला टिमबीच तय भएको क्रिकेट सिरिज स्थगित भएको छ । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले यही अप्रिल तेस्रो सातादेखि भारतीय टिमसँग नेपाली महिला टिमको सिरिज गर्ने घोषणा गरेको थियो ।
जसमा टी–२० र एकदिवसीय मैत्रीपूर्ण सिरिज हुने तयारी थियो । उत्तराखण्ड क्रिकेट एशोसिएसनले बढ्दो कोभिड–१९ को असरका कारण जनाउँदै बीसीसीबई र राज्य सरकारले अनुमति नदिँदा उत्तराखण्ड महिला क्रिकेट टिमको नेपाल भ्रमण तत्काललाई स्थगित गरिएको क्यानले जनाएको छ ।

क्यानकै आयोजनामा अहिले नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच काठमाडौंमा त्रिकोणात्मक सिरिज भइरहेको छ । नेपाल सरकारले कोभिड–१९ को बढ्दो असरका कारण रंगशालामा दर्शक प्रवेश निषेध गरेपछि अहिले टीयू मैदानमा दर्शकबिना नै खेल भइरहेको छ ।


