२९ वर्षका रायन बने टोट्टेनह्यामको नयाँ प्रशिक्षक - Crazysaptahik.com

२९ वर्षका रायन बने टोट्टेनह्यामको नयाँ प्रशिक्षक

२९ वर्षीय रायन मासन टोट्टनह्यामाको अन्तरिम प्रशिक्षक नियुक्त भएका छन् । प्रशिक्षक होसे माउरिन्हो बर्खास्तीमा परेपछि रायनको हातमा टोलीको जिम्मेवारी आएको हा ।

पूर्व मिडफिल्डर रायनले टाउेकोमा लागेको चोटका कारण फुटबल करियरलाई लामो समय निरन्तरता दिएनन्, सन् २०१८ मै उनले खेलाडी जीवनबाट सन्यास घोषणा गरेका थिए ।

त्यसयता उनले क्लबको एकेडेमीलाई प्रशिक्षण दिदैं आएका छन् । सोमबार माउरिन्होको बहिर्गमनसँगै उनले सिनियर टोलीलाई प्रशिक्षण दिन थाले ।

‘म यो क्लबलाई माया गर्छुर आफ्ना २९ वर्षमध्ये २० वर्ष यहाँ बिताएको छु । यो क्लब मेरो हृदय र रगतमा छ,’ मासनले भने,‘म सधैं फ्यानहरुसँग आफुलाई जोडिएको महसुस गर्छु ।

मैले सधैं माया पाएको महसुस गरेको छु । यो जिम्मेवारीबाट मलाई गर्व लागिरहेको छ ।’ बुधबार टोट्टेनह्यामले प्रिमियर लिगमा साउथह्याम्पटनको सामना गर्नेछ र काराबाओ कपको फाइनलमा आइतबार म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ । प्रिमियर लिगमा ३२ खेलबाट ५० अंकका साथ टोट्टेनह्याम सातां स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.