एनएसएलमा धनगढी एफसीको कप्तानी किरणले गर्ने - Crazysaptahik.com

एनएसएलमा धनगढी एफसीको कप्तानी किरणले गर्ने

शनिवारदेखि सुरू हुने नेपाल सुपर लिग एनएसएलमा धनगढी एफसीको कप्तानी किरण चेम्जोङले गर्ने भएका छन् । राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरणले धनगढीको नेतृत्व गर्ने धनगढी एफसीले विज्ञप्ति मार्फत जनाएको छ ।

गो ड्रिमर्स प्रालिको स्वामित्वमा रहेको धनगढीले यसअघि किरणलाई आइकोनिक प्लेअरको रुपमा अनुबन्ध गरेको थियो र किरणलाई टिमको कप्तानी दिइएको हो ।  यस्तै राष्ट्रिय टिमका मिडफिल्डर विशाल राई मार्की प्लेअरको रुपमा टिममा अनुबन्धित भइसकेका छन् ।

गो ड्रिमर्स प्रालिको स्वामित्वमा रहेको हाम्रो धनगढी एफसीले राष्ट्रिय टिमका मिडफिल्डर विशाल राईलाई ‘मार्की खेलाडी’ घोषणा गरेको थियो भने आइकोनिक प्लेयरको रुपमा राष्ट्रिय टोलीका कप्तान किरण कुमार लिम्बुलाई अनुबन्ध गरेको थियो।

हामीले राष्ट्रिय टोलीका समेत कप्तान रहेका किरणलाई नै धनगढी एफसीको कप्तानको जिम्मा समेत दिएका छौँ । टोलीमा दुई बिदेशी र दुई स्थानिय खेलाडीसमेत आबद्द भएर प्रशिक्षण गरिरहेका छन् । धनगढीले विज्ञप्तीमा भनेको छ ।

किरणकै कप्तानीमा नेपालले चैट्टमा थ्री नेशन्स कप फुटबलको उपाधि जितेको थियो । यस्तै धनगढीको नाइजेरियाका ओलावाले आफिजलाई विदेशी खेलाडीको रुपमा अनुबन्ध गरिसकेको छ ।

टिमको प्रशिक्षक एएफसी ए लाइसे न्स रहेको राष्ट्रिय टिमका पूर्व खेलाडी युगल किशोर राई छन् । यस्तै प्रशिक्षकमा नाइजेरियन फुजा तोपे छन् ।

यस्तै धनगढीको मुख्य प्रायोजकमा किया मोर्टसको साथ पाएको छ । जर्सीको अघिल्लो भागमा किया मोटर्सको लोगो अंकित हुनेछ।

धनगढीले बिहीबार किया नेपालसँग मुख्य प्रायोजनको सम्झौता समेत गरेको हो । धनगढी एफसीका सुवास शाही र किया नेपालका अनिश लामिछानेले सम्झौता आदान प्रदान गरे ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.