बायर्न स्तब्ध हुँदा यो हप्ता उपाधि जित्नबाट बञ्चित - Crazysaptahik.com

बायर्न स्तब्ध हुँदा यो हप्ता उपाधि जित्नबाट बञ्चित

माइन्जसँग अप्रत्यासित रुपमा पराजित हुँदा बायर्न म्युनिखले लगातार नवौँ पटक बुन्डेस लिगाको उपाधि जित्न थप केही समय पर्खनुपर्ने भएको छ ।

साबिक विजेतालाई पुनः उपाधि जित्न बाँकी तीन खेलबाट मात्र ३ अंक आवश्यक रहेको छ । तर, शीर्ष स्थानमा रहेको बायर्न खेलको तेस्रो मिनेटमा नै पछि पर्यो ।

जोनाथन बुर्कार्डले १८ यार्ड टाढाबाट गरेको प्रहारलाई गोलकिपर मानुअल नुयरले रोक्न सकेनन् । ३७ औँ मिनेटमा रोबिन क्वाल्सनले माइन्जको अग्रता दोब्बर बनाए ।  खेलको अन्तिममा रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए पनि त्यो सान्त्वना गोलमात्र बन्न पुग्यो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.