ट्राफिक प्रहरीद्वारा कोरोना भाइरस विरुद्ध अभियान - Crazysaptahik.com

ट्राफिक प्रहरीद्वारा कोरोना भाइरस विरुद्ध अभियान

क्रेजी संवाददाता

मोरङ ।  मोरङको पथरी शनिश्चरे नगरपालिका स्थित ट्राफिक प्रहरी कार्यालयले कोरोना भाइरस विरुद्ध अभियान चलाएको छ । कोरोना भाइरसको जोखिम बढेपछि ट्राफिक प्रहरी कार्यालयले मंगलबार सडकमा यातायातको साधन चालक तथा यात्रिहरुलाई माक्स वितरण गरेको हो ।

ट्राफिक प्रहरी कार्यालय पथरीका प्रमुख सई शैलेन्द्रकुमार गच्छदारको नेतृत्वमा माक्स वितरण तथा सेनिटाइजर प्रयोग गर्न र सार्वजनिक यातायातको साधनहरुमा सामाजिक दुरी कायम गर्न अनुरोध गरेका छन् ।

अभियान १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको निर्देशनमा मंगलबार सम्पूर्ण युनिटहरुलाई अभियान सञ्चालन गर्न निर्देशन जारी गरे अनुसार प्रदेश भर कार्यक्रम भएको बताइएको छ ।

पथरीमा अखिल नेपाल यातायात मजदुर संगठनका १ नम्बर प्रदेश समिति उपाध्यक्ष पूर्ण कार्की लगायतको सहभागिता रहेको थियो ।

नगरमा इलाका प्रहरी कार्यालय पथरीले पनि कोरोना भाइरस विरुद्ध माइकिङ्ग तथा माक्स लगाउ अभियान सञ्चालन गर्दै आएको डीएसपी कृष्ण खड्काले बताए

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.