महिला हिंसा सम्बन्धी चेतनामूलक कार्यक्रम - Crazysaptahik.com

महिला हिंसा सम्बन्धी चेतनामूलक कार्यक्रम

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेमा बिहिबार महिला हिंसा सम्बन्धी चेतनामूलाक कार्यक्रम भएको छ ।

नेपाल पत्रकार मञ्चको आयोजनामा पथरी शनिश्चरे –४ नम्बर वडा अध्यक्ष गोबिन्द भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा महिला हिंसा विरुद्ध काम गर्दै आएको संस्था ओरेक नेपालको अधिकृत सरस्वती दनुवारले हिंसा, महिला हिंसाको प्रकार र हिंसा भए कानूनी उपचार तथा दण्ड सजायँको व्यवस्था बारे जानकारी गराएका थिए ।

वडाका २५ जना महिला सहभागिता रहेको कार्यक्रममा संविधानसभा सदस्य लालबहादुर सुस्लिङ मगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश अध्यक्ष अर्जुन जम्नेली राईले जटिल सामाजिक समस्याको रुपमा रहेको महिला हिंसा अन्त्य गर्न लागि पर्नुपर्ने बताएका थिए । समाजमा भएका महिला हिंसा सम्बन्धी छलफल र समाचार लेखनको अनुभाव बारे अनुभव शेयर गरेका थिए ।

आयोजकका अध्यक्ष मोहन भट्टराईले सञ्चालन गरेको कार्यक्रम निक्कै उपलब्धिमुलक भएको सहभागीहरुले प्रतिक्रिया दिएका थिए । यस्तै कार्यक्रममा वडा अध्यक्ष गोबिन्द भण्डारीले कार्यक्रम प्रभावकारी भएकोले आगामी दिनमा अझ व्यापक रुपमा कार्यक्रम गरेर महिला हिंसा न्युनिकरण गर्न लागि पर्ने बताएका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.