नगर अस्पतालको अनुगमन् - Crazysaptahik.com

नगर अस्पतालको अनुगमन्

क्रेजी संवाददाता
पथरी । कोरोना सतर्कता सम्बन्धी स्वास्थ्यको मापदण्ड अपनाएर मोरङको पथरी शनिश्चरे नगर अस्पतालको सेवा सम्बन्धी गतिविधिको आज अनुगमन् गरिएको छ ।

नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा विहान अस्पतालको अनुगमन् गर्दै डाक्टर सहितका स्वास्थ्यकर्मी, कर्मचारीले तोकिएको समयलाई पूर्ण पालना गर्दै नगरवासीको स्वास्थ्य सेवामा सक्रिय रहन निर्देशन समेत दिइएको छ ।

बास्तोलाले विरामी दर्ता, विमा, औषधि, स्वास्थ्यकर्मीको उपस्थिति सहितका विषयमा अनुगमन् गर्दै प्रशासन पक्षलाई निर्देशनात्मक सुझाव दिनुभएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.