इन्टर उपाधिबाट एक कदम टाढा - Crazysaptahik.com

इन्टर उपाधिबाट एक कदम टाढा

क्रोटोनलाई २–० ले पराजित गर्दै इन्टर सिरी एको उपाधि नजिक पुगेको छ । जितपछि इन्टरले दोस्रो स्थानको एसी मिलानमाथि १३ अंक अग्रता बनाएको छ ।

बेनेभेन्टोलाई २–० ले नै पराजित गर्दै मिलान दोस्रो स्थानमा उक्लेको हो । क्रोटोनको मैदानमा भएको खेलमा इन्टलरे दुवै गोल दोस्रो हाफमा गरेको थियो । ६९औं मिनेटमा क्रिस्टियन एरिक्सन र इन्जुरी टाइममा अच्रफ हिकमीले गोल गरे ।

जितपछि इन्टरको ३४ खेलबाट ८२ अंक भएको छ । एसी मिलानको समान खेलबाट ६८ अंक छ । तेस्रो स्थानमा रहेको एटलान्टाको ३३ खेलबाट ६८ अंक छ ।

यस्तै एटलान्टा अब हुने खेलमा ससुलोसँग पराजित भएमा इन्टर चार खेल अघि नै च्याम्पियन बन्नेछ । सन् २००९–१० मा पछिल्लो पटक उपाधि जितेको इन्टर एक दशक पछि सिरी एको उपाधि नजिक पुगेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.