पथरीमा पत्रकारका लागि कानून र आचारसंहिता सम्बन्धी तालिम - Crazysaptahik.com

पथरीमा पत्रकारका लागि कानून र आचारसंहिता सम्बन्धी तालिम

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरका पत्रकारहरुका लागि आचारसंहिता तथा कानुनी परामर्श सम्बन्धी कार्यक्रम शुरु भएको छ ।सोमबार पथरीशनिश्चरे नगरका कार्यपालिका तथा न्यायिक समिती सदस्य भद्रमान बिक, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ ९फोनिज० १ नम्बर प्रदेश समिति अध्यक्ष अर्जुन जम्नेली राई, न्यायिक समितिका उजुरी प्रशासक विस्वमणी निरौला, नेपाल पत्रकार महासंघ मोरङका निबर्तमान सहसचिव शन्तोष राई लगायतले तालिमको सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रम आयोजक कानेपाखोरी मिडिया प्रा।ली।का अध्यक्ष दिनेश सुब्बाले सञ्चालन गरेका थिए । तीन दिनसम्म चल्ने कार्यक्रममा प्रादेशिक सञ्चार प्रतिष्ठान १ नम्बर प्रदेशका कार्यकारी प्रमुख यज्ञ शर्मा, कानुन ब्यबसायी तथा नगरको कानुनी सल्लाहकार दीपक राई र नेपाल पत्रकार महासंघ पूर्ब मोरङ जिल्ला अध्यक्ष महेन्द्र बिष्ठले सहजिकारण गर्नेछ ।

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै आयोजित कार्यक्रममा पथरीशनिश्चरेका २५ जना पत्रकारहरु सहभागि हुने आयोजकले जनाएको छ ।
सामाजिक सञ्जात तथा आम सञ्चार माध्यमहरुमा पत्रकार र आम नागरिकहरुले लेख्न, हुने नहुने बिषय छुट्याउन नसक्दा बेलाबेलामा समाजमा गम्भीर समस्या पैदा हुनेगरेको छ ।

नगरमा हुने यस्ता समस्या न्युनिकरण गर्ने उदेश्यले पथरीशनिश्चरे नगरपालिकाको सहकार्यमा तालिमको आयोजना गरिएको कानेपोखरी मिडिया प्रा।ली।का अध्यक्ष दिनेश सुब्बाले बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.