दुई खेलाडीलाई कोरोना संक्रमण भएपछि कोलकाता र बेंगलोरबीचको खेल स्थगित - Crazysaptahik.com

दुई खेलाडीलाई कोरोना संक्रमण भएपछि कोलकाता र बेंगलोरबीचको खेल स्थगित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत सोमबारका लागि तय भएको कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेल स्थगित भएको छ । कोलकाताका दुई खेलाडीमा कोरोना संक्रमण भएपछि अहमदावादमा सोमबार राति हुने भनिएको खेल स्थगित भएको क्रिकइन्फोले जनाएको छ ।

कोलकाताका स्पिनर वरुण चक्रवर्ती र फास्ट बलर सन्दीप वारियरलाई कोरोना संक्रमण पुष्टि भएको क्रिकइन्फोले जनाएको छ । यसबारे दुवै फ्रेन्चाइज र आईपीएलले भने केही सार्वजनिक गरेका छैनन् ।

कोलकाता र बेंगलोरबीचको खेल नेपाली समय अनुसार राति ७ः४५ बजे शुरु हुने तय भएको थियो । यो सिजन लिगमा ७ खेलबाट ५ जितसहित १० अंक जोडेको बेंगलोर तेस्रो स्थानमा छ । यस्तै ७ खेल खेल्दा २ जितबाट ४ अंक मात्र जोडेको कोलकाता सातौं स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.